Hikmat Acharya
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

लोकप्रिय वडा अध्यक्ष साउँदको नयाँ अभियान: घरदैलोमै भत्ता वितरण


अछाम – बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३, बरदादेवीका विभिन्न टोलहरूमा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न थालिएको छ।

वडा अध्यक्ष नवराज साउँद नेतृत्वमा बैंकका कर्मचारीहरू वृद्धवृद्धा तथा असक्त व्यक्तिहरूको घरआँगनमै पुगेर भत्ता वितरण गरिरहेका छन्।

अध्यक्ष साउँदका अनुसार, बृद्ध, अपांग, अशक्त तथा दुर्गम क्षेत्रका लाभग्राहीलाई सहज सेवा प्रदान गर्नका लागि यो कार्यक्रम सुरु गरिएको हो।

घरमै भत्ता बुझ्न पाउँदा लाभग्राहीहरू खुशी

घरमै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा लाभग्राहीहरू खुशी भएका छन्। प्रचारभन्दा प्रत्यक्ष सेवामा विश्वास गर्ने वडा अध्यक्ष साउँद सामाजिक कार्यमा निकै सक्रिय छन्।

उनले वडाका केही बालबालिकाको अभिभावकीय जिम्मेवारी समेत लिएर उनीहरूको शिक्षा तथा भविष्य सुनिश्चित गर्न मद्दत गरिरहेका छन्।

सामाजिक सुरक्षामात्रै होइन, माहुरीपालन, भैंसीपालन र कृषि पेशामा समेत संलग्न अध्यक्ष साउँद अन्य नागरिकका लागि प्रेरणाको स्रोत बन्दै गएका छन्।

“जनताको सेवा नै पहिलो धर्म” – वडा अध्यक्ष साउँद

अध्यक्ष साउँद भन्छन् “जनताले मप्रति राखेको आशा र भरोसालाई जोगाउनु मेरो पहिलो कर्तव्य हो।”

उनले वडाबासीको सेवा नै आफ्नो धर्म ठानेर समर्पित रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode