Hikmat Acharya
  • ८ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन


अछाम– अछामको मङ्गलसेनमा महिलाका लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ।

सामाजिक विकास कार्यालय अछामको आयोजनामा महिलाहरूको लागि निशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको हो।

सहायक चौथो र पाँचौ तहका लागि माघ १२ देखि फागुन ११ सम्म कक्षा सञ्चालन गरिने छन्।

४० जना महिलाहरूको सहभागीता रहेको लोकसेवा तयारी कक्षामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा कार्यरत अधिकृतहरूले प्रशिक्षण गराउने कार्यतालिका रहेको सामाजिक विकास कार्यालयले जनाएको छ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode