Hikmat Acharya
  • २८ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु


डोटी– भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान घटनास्थलमै मृत्यु हो।

उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन्।

भिरबाट खसे लगत्तै उनको मृत्यु भएको वडाअध्यक्ष नवीन ओझाले बताए। मृतकका श्रीमान, दुई छोरा र दुई छोरी छन्।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode