बाजुराको स्वास्थ्य चौकीमा आगलागी
 
	
				
			बाजुरा– बाजुराको हिमाली गाउँपालिका–५ स्थित रुगीन स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
आइतबार दिउँसो भएको आगलागीबाट स्वास्थ्य चौकीको १० कोठे भवनसहित त्यहाँ रहेका सम्पूर्ण स्वास्थ्य उपकरण, औषधिलगायत सामग्री नष्ट भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।
स्वास्थ्य चौकीमा रहेको विद्युतीय उपकरण चलाउने बेला आगलागी भएको बुझिएको भण्डारीले बताए।
त्यहाँ भिडियो एक्सरे मेसिन, औषधि, ल्याबलगायतका थुप्रै स्वास्थ्य उपकरण थिए,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘त्यहाँ बर्थिङ सेन्टर पनि थियो। झण्डै एक करोड मूल्य बराबरका त स्वास्थ्य सामग्री मात्रै थिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया