बैतडीमा जीप दुर्घटना ,६ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छेला दुर्गाभवानी कच्ची सडकको डुवापानी भन्ने स्थानमा से १ ज ३२० नम्बरको बोलेरो जीप गएराति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चालकसहित छ जना घाइते भएको प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। र दुईजना सवार भने सकुशल छन्।
दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलीपनाथ, ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशीलनाथ र जीप चालक दशरथ नाथ घाइते भएका छन्।
घाइतेमध्ये दिलीपको अवस्था गम्भीर रहेको छ। दिलीपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी ‘रेफर’ गरिएको छ।
अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जीप अनियन्त्रित भएरसडकबाट १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको छ। जीप रूखमा अड्किँदा ठूलो दुर्घटनाबाट बचेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए।

अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया