Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

पृथ्वीको नजिकैबाट गयो एउटा छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ


पृथ्वीको नजिकैबाट गयो एउटा छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ

एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले बताएका छन् ।

एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसले जनाएको छ ।

अन्तरिक्षमा यो दुरी निकै कम हो । खगोलविद्हरुले त्यस क्षुद्रग्रहको नाम २०२३ बीयू राखेका छन् । छुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार भएसँगै एउटा ठूलो दुर्घटना टरेर गएको छ ।

यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै ठूला आकारका क्षुद्रग्रहहरू छन् र उनीहरुको पहिचान गर्न बाँकी छ भन्ने देखाएको छ । यो क्षुद्रग्रहलाई अघिल्लो हप्तामात्र खगोलविद् गेन्नाडी बोरिसोभले फेला पार्नुभएको ो ।

उहाँले प्राप्त गरेको सूचनालाई थप खोज अनुसन्धान गरेपछि २०२३ बीयू नाम दिइएको त्यस क्षुद्रग्रहको आकार र त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो ।

त्याे क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दूरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो । क्षुद्रग्रह भूउपग्रहहरूसँग ठोक्किने सम्भावना भने निकै नै कम हुने विज्ञहरु बताउँछन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode