१७ वर्षमूनीको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

१७ वर्षमूनीको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि भुटानको थिम्पुमा शुरु हुनेछ ।
हिजोदेखि शुरु भएको च्याम्पियनसिपमा भारतले बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले बङ्गलादेशलाई १–० गोलले हरायो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्क र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।

अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
प्रतिक्रिया