Techie IT
  • ४ पुस २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

देउवाको गृहजिल्लामा पाएन रास्वपाले समानुपातिक उम्मेदवार, अछामबाट तीनजना


देउवाको गृहजिल्लामा पाएन रास्वपाले समानुपातिक उम्मेदवार, अछामबाट तीनजना

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

पार्टीले समुदायगत समावेशीता, जिल्लागत सन्तुलन र नयाँ पुस्तालाई प्राथमिकता दिँदै खस आर्य, थारु र दलित समुदायका उम्मेदवारहरूलाई सूचीमा समेटेको हो।

रास्वपाले इच्छुक व्यक्तिलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेकोमा ३० जनाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुक भएको भन्दै आवेदन दिएका हुन्।

समानुपातिक उम्मेदवार बन्न प्रदेशमा रहेका नौमध्ये ८ जिल्लाबाट आवेदन आएको रास्वपा सुदूरपश्चिमले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट भने कसैको नाम सार्वजनिक सूचीमा उल्लेख छैन्।

डोटीबाट यज्ञराज जोशी, कैलालीबाट कुन्न नारायण चौधरी (थारु), केशवराज भट्ट, अन बहादुर न्यौपाने, अछामबाट सेतीराम भण्डारी, बाजुराबाट नवराज जैसी, रमेश चदारा (दलित), दार्चुलाबाट जनकराज पन्त, भनसिंह धामी, कञ्चनपुरबाट अर्जुन प्रसाद भण्डारी, भरत बहादुर कार्की, विजय जैरू (दलित), बैतडीबाट कृष्णराज पन्त, कैलालीबाट मिनराज न्यौपाने परेका छन्।

यसैगरी  कञ्चनपुरबाट चन्द्रा ऐर चाँदनी, प्रतिभा रावल, गीता चौधरी (थारु), डोटीबाट जानीका जोशी, बाजुराबाट चेतना कुमारी विष्ट, अछामबाट टिका संगौला (ज्वाला), रत्ना थापा, बझाङबाट अनिता भट्ट जाप्रेल, कैलालीबाट करिष्मा कठरिया (थारु), सृष्टि महरा र यम माया ढकाल प्रस्तावित गरिएको छ।

सार्वजनिक सूची प्रारम्भिक मात्र हो र अन्तिम निर्णय पार्टीको केन्द्रीय छानोट समितिको प्रक्रिया पूरा भएपछि टुंगो लाग्ने बताइएको छ।

जसका लागि सुदूरपश्चिम प्रदेशका लागि दीपकराज बोहरा, ध्रुव गिरी र प्रकाश बिष्टलाई जिम्मेवारी दिइएको छ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode