बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पाँच महिनादेखि बिजुलीविहीन छ।
२०७८ साल फागुनमा यहाँस्थित लघु जलविद्युतले १०० किलोवाट बत्ती उत्पादन गरी एक हजार १०० घरधुरीमा बत्ती बालेको थियो। गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले विद्युतको नहर सबै बगाई दिएपछि अहिले यो पालिका अन्धकारमा बस्न बाध्य छ।
यहाँका स्थानीयले प्रयोग गर्दै आएका खानेपानी, सडक र अन्य भौतिक पूर्वाधार समेत भत्किएका थिए। पालिकाले पुनः मर्मत गरेर स्थानीयलाई सहज बनाए पनि विद्युत भने रकम अभावका कारण अहिलेसम्म मर्मत नभएको गाउँपालिकाले जनाएको छ।
रकम नभएका कारण मर्मतको आँट गर्न नसकेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए। पालिकाले प्रदेश र सङ्घीय सरकारसँग रकममागे पनि कतैबाट प्राप्त नभएको उनले बताए।
हिमाली गाउँपालिका जिल्लाकै विकट पालिका हो ।







प्रतिक्रिया