Techie IT
  • ४ पुस २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै


एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मार्फत निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको एमालले जनाएको हो।

बिहीबार मात्रै सम्पन्न भएको महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै पद तथागोनीयताको शपथग्रहण गरिसकेका छन्।

यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो र स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा एमालेले गरेको हो।


क्याटेगोरी : राजनीति, राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode