सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए, कुन जिल्लाबाट कति ?
धनगढी : सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन्।
बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवाशन दिवस २०२५ को आयोजनामा उक्त जानकारी दिइएको हो।
श्रमस्वीकृति लिएर आव २०८१\०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८\र०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन्। यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन्।
विदेश जानेमा बैतडी, कैलाली, कञ्चनपुर र अछामका धेरै छन् । एक वर्षमा बैतडीका पाँच जना युवाको विदेशमा मृत्युसमेत भएको छ।
वैदेशिक रोजगार विभागको आव २०८१/०८२ मा मात्रै बैतडीबाट पाँच हजार २५१ जना, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७ जना, बाजुराबाट दुई हजार ५७८, दुई हजार ४६३, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट सबैभन्दा कम एक हजार १२१ जना एक वर्षमा ३८ हजार २५४ जना विदेशिएका छन्।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया