अछामका एमाले नेता बोहरा र बोगटी पुनः केन्द्रीय सदस्यमा निर्वाचित
धनगढी : नेकपा एमालेको ११औँ महाधिवेशनबाट अछामका झपट बोहरा र यज्ञ बोगटी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
दुवै जना यसअघि पनि केन्द्रीय सदस्य रहिसकेका अनुभवी नेता हुन्।
केन्द्रीय सदस्यमा निर्वाचित बोहरा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत हुन्।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका बोहरा र बोगटी दुवै जना सहज मतान्तरसहित निर्वाचित भएका हुन्।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया