बैतडी कांग्रेसमा सिफारिस विवाद : जिल्लाले नछानेका दुई नेताको नाम प्रदेशबाट केन्द्रमा
धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बैतडीबाट जिल्ला कार्यसमितिको सिफारिसमा नपरेका दुई नेताको नामसमेत केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
प्रदेश कार्यसमितिले जिल्ला कार्यसमिति बैतडीको सूचीमा नसमेटिएका उत्तरबहादुर ऐर र तेजबहादुर चन्दको नाम केन्द्रमा पठाएको हो। प्रदेश प्रवक्ता सुरतबहादुर रावतका अनुसार जिल्ला तहमा अवैधानिक ढंगले आकांक्षी छनोट गरिएको भन्दै ऐर र चन्दले प्रदेश कार्यालयमा निवेदन दिएका थिए।
यसअघि ऐर र चन्दसहित पाँच जना आकांक्षीले २० मंसिरमा विज्ञप्ति जारी गर्दै जिल्ला सभापति चतुरबहादुर चन्द पक्षीय नेताहरूले एकलौटी रूपमा निर्णय गरेको आरोप लगाएका थिए।

क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया