Techie IT
  • २ पुस २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

‘ओलीसँग प्रतिस्पर्धा गर्दा व्यक्तिगत रिसिबी साध्ने नेताको रूपमा चित्रित गरियो’


‘ओलीसँग प्रतिस्पर्धा गर्दा  व्यक्तिगत रिसिबी साध्ने नेताको रूपमा चित्रित गरियो’

बझाङ : नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले हुँदा आफूले उठाएको आवाज अहिले केही नेताहरूले उठाएको देख्दा खुसी लागेको बताएका छन्।

बझाङमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले १०औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दा आफूलाई ‘व्यक्तिगत रिसिबी साध्ने नेता’को रूपमा चित्रित गरिएको स्मरण गराए। तर आज त्यही महाधिवेशनका बेला उठाइएका प्रश्नहरूलाई लिएर आलोचकहरू नै असहज अवस्थामा पुगेको उनको टिप्पणी थियो।

उनले प्रतिनिधिको चुन्ने र चुनिने अधिकारलाई पार्टीको मूल मर्म (जबज) भएको उल्लेख गर्दै भने, ‘मैले यही कुरा गर्दा मलाई शत्रु ठानियो, पार्टीबाटै निकालियो।’

उनले संकेतका रूपमा एमाले नेता प्रदीप ज्ञवालीतर्फ औँल्याउँदै, त्यतिबेला आफूविरुद्ध झूटा प्रचार गर्नेहरू अहिले आफ्नै अभिव्यक्तिका कारण ‘रुवाबासी’मा परेको बताए।

रावलका अनुसार एमालेभित्र नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुन थालेपछि ढिलै भए पनि केही नेताहरूमा चेतना आएको देखिन्छ।

‘आज एमालेमा केपी ओलीजस्तो क्रूर नेता कोही छैन भनेर खुलेआम बोल्न थालिएको छ,” उनले भने, “मैले दसौँ महाधिवेशनमा बोलेको कुरा आज उठ्दा खुसी लाग्छ, ढिलै भए पनि बुद्धि आएछ।’

उनले पार्टीभित्रको आन्तरिक विवादलाई अझ चर्काउने गरी महासचिव शंकर पोखरेलले सार्वजनिक रूपमा विद्या भण्डारीको सदस्यता नवीकरण भइसकेको भनिसक्दा पनि अध्यक्ष ओलीले त्यसलाई ‘खाइदिएको’ आरोप लगाए।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode