Techie IT
  • २ पुस २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

एशिया कप क्रिकेटमा नेपालकाे लगातार तेस्रो हार


एशिया कप क्रिकेटमा नेपालकाे लगातार तेस्रो हार

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २६ ओभर बलमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रन बनाए । नेपालका अभिषेक तिवारीले २ विकेट लिए ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो । नेपालका दिलसाद अलीले सबैभन्दा धेरै ३२, चन्दन रामले २७, अभिषेक तिवारीले २० रन बनाए । अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ विकेट लिए ।

नेपाल र अफगानिस्तान दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । नेपाल समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले पराजित भएको थियो ।

आठ वटा टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् । एसीसी १९ वर्षमुनिको एशिया कपको फाइनल खेल आउँदो सोमवार पुस ६ गते हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode