महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा हर्शल पाठक
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्शल जयन्त पाठकलाई नियुक्त गरेको छ।
क्यानले मंगलबार पाठकलाई प्रशिक्षक नियुक्त सार्वजनिक गरेको हो।
उनले यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा काम गरेका थिए।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिम हाल आइसिसी वुमन्स टी-२० विश्व छनोटको तयारीमा छ। त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ।
विश्व छनोट आगामी जनावरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया