एमाले महाधिवेशन: मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार चुनाव हुँदैछ।
एमालेले तीन दिनमा महाधिवेशन सक्ने तय गरेको भए पनि पदाधिकारी र केन्द्रीय समितिमा चुनाव हुने भए पछि महाधिवेशन लम्बिने भएको छ।
मंगलबार अपराह्न ४ बजेदेखि मतदान हुने तय भएको छ।
यसअघि निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि तय गरिएको थियो।
एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।
यसपालि पनि सोही कम्पनीले बनाएको मेसिन प्रयोग गर्नेछ।
रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार निर्वाचन आयोले उम्मेदवारको फाइनल लिस्ट राति १ बजे मात्रै दिएको थियो।
त्यसैले एमालेले निर्धारण गरेको ११ बजेदेखि मतदान कार्यक्रम सुरू नहुने भएको हो।
अर्यालका अनुसार यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ।
मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ।
एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २ हजार २६२ प्रतिनिधि छन्।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया