गण्डकी र कर्णाली प्रदेशमा मौसम आंशिक बदली
आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । देशका अरू बाँकी भागमा मुख्यतया मौसम सफा छ ।
अहिले नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ ।
आजराति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया