नेपालमा पाँच सयसम्मका भारु नोट सटही गर्न दिने
नेपालमा पाँच सय रुपैयाँसम्मका भारतीय रुपैयाँका नोट प्रयोगको बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ हजारको हद तोकेर दुई सय पाँच सय भारु नोट प्रयोग गर्न दिने निर्णय गरेको हो।
सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे सञ्चारमन्त्री जगदीश खरेलले भने,‘ सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजानसक्ने व्यवस्था गरिएको छ ।’
दुई साताअघि विदेशी मुद्रा सटही (मुद्राको आयात तथा निर्यात) विनियमावली, २०२५ संशोधनमार्फत भारतको केन्द्रीय बैंकले नेपाल र भुटानमा २५ हजार भारुसम्म ठुला दरका नोट ओसारपसार गर्न अनुमति दिने निर्णय गरेको थियो ।
सोहीअनुसार नेपाल सरकारले निर्णय गरेको हो ।

सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ
५३३
२०८२ मंसिर २०, ०३ः३६
खबर संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया