आशिष ताम्राकार बचाउ अभियान
क्यान्सरसँग जुधिरहेका आशिषका लागि समाजसेवी शाहको ४० हजार सहयोग
काठमाडौं । घाँटीको क्यान्सर भएर क्यान्सरसँग जुधिरहेका अछामको बान्नीगढी जयगढ गाउँपालिका–३, बरदादेवी देवलबजार निवासी २१ वर्षीय आशिष ताम्राकारका लागि समाजसेवी राजेन्द्र बहादुर शाहले आर्थिक सहयोग गरेका छन् ।
अछाम जिल्ला रिडिकोट घर भई हाल काठमाडौंको बुढानिलकण्ठमा बसोबास गर्दै आएका शाहले उपचारकै क्रममा आर्थिक अभावले थलिएका आशिष ताम्राकारको उपचारका लागी रु ४० हजार सहयोग गरेका हुन् ।
परिवारसंगै समुदायलाइ योगदान पुर्याउन सक्ने युवा उमेरको बाबू आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेको थापा पाएसंगै मानविय धर्मका हिसावले सक्दो सहयोग गरेको समाजसेवी शाहले बताएका छन् ।
कम उमेरमै क्यान्सरजस्तो भयावह रोगसँग लडिरहेका आशिषको आर्थिक अभावका कारण उपचारका समस्या भईरहेको छ ।
शाहको यो सहयोग आशिष र परिवारका लागी रकम मात्र नभई बाँच्ने आशा, आत्मबल बन्नुका साथै शाहको मानवीय कदमले उपचारमा केही राहत पुगेको बुवा प्रकाश ताम्रकारले बताएका छन् ।
आर्थिक अभावकै कारण उपचार प्रभावित भईरहेकाबेला बेला शाहजस्ता समाजसेवीको सहयोगले अभियानलाई थप ऊर्जा दिएको अभियानकर्ताहरू बताउँछन्। उनीहरूले शाहप्रति हार्दिक आभार व्यक्त गर्दै अन्य समाजसेवी, बुद्धिजीवी, संघ–संस्था तथा सम्पूर्ण मनकारी नागरिकलाई पनि मानवीय सहयोगका लागि अपिल गरेका छन्।
हाल आशिष ताम्रकारको नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार जारी रहेको छ । ऋण काढेर बिदेश गएका आशिष ६ महिना नपुग्दै स्वास्थ्य समस्या देखिएपछि स्वदेश फर्किएकोमा स्वास्थ्य जाँचका क्रममा घाटीमा क्यान्सर देखिएको थियो ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार






प्रतिक्रिया