ओली टिमबाट लेखराज भट्ट उपमहासचिव पदमा प्रतिस्पर्धा गर्ने
धनगढी : लेखराज भट्टले उपमहासचिव पदमा प्रतिस्पर्धा गर्ने भएका छन्।
उनले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्षबाट उपमहासचिव पदमा प्रतिस्पर्धा गर्ने जानकारी दिए।
यसअघि संस्थापन पक्षले सार्वजनिक गरेको पदाधिकारीका उम्मेदवारको सूचीमा भट्टको नाम सचिवमा थियो।
यद्यपि, भट्टले सचिवमा नलड्ने अडान लिएपछि उनलाई उपमहासचिवको उम्मेदवारमा राखिएको र यसअघि उपमहासचिवको सूचीमा रहेका भानुभक्त ढकाल सचिवमा लड्न तयार भएको एमाले स्रोतले जनाएको छ ।

क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया