Techie IT
  • ३० मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

गोकर्ण भट्ट रास्वपा प्रवेश गर्दै


गोकर्ण भट्ट रास्वपा प्रवेश गर्दै

धनगढी : लामो समय कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका गोकर्ण भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।

करिब एक हप्ता काठमाडौं बसेर आज दिउँसो आफ्नाे कर्मथलो कैलाली फर्किन लागेका भट्टले २–४ दिनभित्र रास्वपामा प्रवेश गर्ने जानकारी दिएका हुन्।  भट्टले गत कार्तिक १४ गते नेकपा एमाले परित्याग गरेका थिए।

उनले त्यसबेला कुनै पनि राजनीतिक दलको सदस्यता नलिई स्वतन्त्र नागरिकका रूपमा समाज सेवा गर्ने मनसाय बनाएको बताए। तर पार्टी छोडेपछि डेढ महिनाको अनुभवले दलको संगठित संरचना बिना आम नागरिकका दैनिक समस्या समाधान गर्न असम्भवजस्तै हुने अनुभूति गरेको उनले उल्लेख गरेका छन्।

करिब ४६ वर्षसम्म कम्युनिस्ट पार्टीको सदस्यता लिएर सक्रिय राजनीतिमा रहेका भट्टले पछिल्लो समय नेपालका नामधारी कम्युनिस्टहरू ‘कम्युनिस्ट’ भन्दा ‘कमाउनिष्ट’ मा रूपान्तरण भएको टिप्पणी गरेका छन्।

कम्युनिस्टको साइनबोर्ड राखेर जनतालाई लुट्ने प्रवृत्ति देखेपछि आफूले एमाले परित्याग गरेको उनको भनाइ छ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode