Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

आशिष ताम्राकार बचाउ अभियान

२१ वर्षिय आशिष क्यान्सरसँग जुध्दै , पैसाको अभावले उपचारमा ढिलाई


२१ वर्षिय आशिष क्यान्सरसँग जुध्दै , पैसाको अभावले उपचारमा ढिलाई

अछाम । उमेर भर्खर २१ वर्ष । सपनाहरूले भरिएको भविष्य, परिवारको आशा र आमाबुवाको भरोसा बनेका आशिष ताम्राकार आज अस्पतालको शय्यामा जीवन र मृत्युबीचको कठोर लडाइँ लडिरहेका छन्।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बरदादेवी देवलबजार निवासी आशिषको घाटीमा गम्भीर क्यान्सर देखिएको छ। चिकित्सकले तत्काल उपचार आवश्यक रहेको बताए पनि आर्थिक अभावले उनको उपचार सुरु हुन सकेको छैन ।

हाल उनी ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा छन्। तर उपचार प्रक्रिया अघि बढाउन आवश्यक रकम जुट्न नसक्दा दिन-दिनै आशिषको स्वास्थ्य अवस्था झन झन बढ्दै गएको बुवा प्रकाश ताम्राकारले बताएका छन् ।

“छोराको भविष्य बनाउने सपना बोकेर ऋण काढेर जापान पठायौँ, तर अस्वस्थ भएर फर्किँदा यस्तो भयावह रोग भेटियो,” आखाभरि आशुटम्म पार्दै बुवा प्रकाशले भने, “अब छोरालाई बचाउने बाहेक हामीसँग अरु कुनै चाहना छैन।”

छोराको बिगतको मुस्कान सम्झिदा र अहिलेको स्वास्थ्य अवस्था देखेर आमा छिनछिनमै भक्कानिन्छन् ।

आशिषका बुवा र आमा हाल बेरोजगार रहादा परिवारको अवस्था कमजोर छ । जसका कारण दैनिक सामान्य उपचार खर्च धान्न समेत असम्भव बन्दै गएको छ। ऋणको भारी, रोगको पीडा र असहाय अवस्था यी सबैले आशिषको परिवारलाई पूर्ण रूपमा थिचेको छ।

चिकित्सकका अनुसार समयमै उपचार भए आशिषको जीवन बचाउन सम्भव छ । तर समयसँगै उपचार नपाए त्यो आशा पनि कमजोर बन्दै गएको छ।

आफ्नो छोराको सास जोगाइदिन परिवारले देश–विदेशमा रहेका सबै मनकारी व्यक्ति, संघ–संस्था तथा सरोकारवाला निकायसँग अपिल गरेका छन्।

तपाईं हाम्रो सानो सहयोगले एक युवाको जीवन,एक सपना फेरि साकार बन्दै परिवारको उज्यालो फर्किन सक्छ । कृपया सक्दो सहयोग गरी मानवीय धर्म पुरा गरौँ र आशिषको ज्यान जोगाउँ ।



क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode