सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने
काठमाण्डाै – नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीबीएल) खेल्ने भएका छन् ।
बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
यो टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) खेलको न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।
यसअघि सन्दीपले सन् २०१८/१९ को सिजनमा सिलेट सिक्सर्सबाट बीपीएल खेल्दा ६ खेलमा ४ विकेट लिएका थिए । सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायत विश्वका चर्चित लिग खेलिसकेका छन् ।
२५ वर्षीय सन्दीप लामिछानेले ६८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय २९ विकेट लिएका छन् । यस्तै उनले १ सय ६० टी–२० क्रिकेटमा २ सय ३७ विकेट लिएका छन् ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम





प्रतिक्रिया