नेपालमा रक्सीका कारण हुने समस्या बढ्दो
काठमाण्डाै – नेपालमा रक्सी खाएका कारण विभिन्न किसिमका समस्याहरू बढिरहेका विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार रक्सीका कारण हिंसा र सडक दुर्घटना बढ्नुका साथै व्यक्तिमा नसर्ने रोग र मानसिक समस्या पनि बढिरहेको छ ।
यस्तै रक्सीले व्यक्तिको काम गर्ने क्षमता घटाएर परिवार र सिङ्गो राष्ट्रकै अर्थतन्त्रमा पनि भार बढिरहेको छ । अध्ययन अनुसार नेपालमा हुने कुल घरायसी खर्चमध्ये ५ प्रतिशत अल्कोहलमा खर्च हुने गरेको छ भने रक्सीमा हुने खर्च फलफूलको भन्दा धेरै छ ।
सन् २०१९ को तथ्याङ्क अनुसार नेपालमा ११ लाख वयस्क मानिस रक्सीको कडा सेवनकर्ता रहेका छन् ।
यस्तै अहिले १२ हजार ५७ जना मानिस अल्कोहलका कारण पुनर्स्थापना केन्द्रमा बसेर उपचाररत रहेको रिचमन्ड फेलोसिप नेपालका विष्णु फुँयालले बताए । उनकका अनुसार अल्कोहलले कडा खालको असर गरेकाहरूको सङ्ख्या वर्षेनि बढिरहेको छ ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार





प्रतिक्रिया