धनगढीमा प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय स्थापना : संगठन विस्तारमा जोड
धनगढी : प्रगतिशील लोकतान्त्रिक पार्टीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यालय स्थापना गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेणीमा प्रदेश कार्यालय स्थापना गरिएको हो ।
पार्टीका नेता दीपक साउँद (तरङ्ग) ले प्रदेशस्तरका पार्टी गतिविधि सञ्चालन तथा संगठन परिचालनलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको बताएका छन् ।
प्रदेश कार्यालय स्थापनासँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार र पार्टी कार्यालय स्थापना गर्ने कार्यलाई तीव्र पारिने उनको भनाइ छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि, जनार्दन शर्मा ‘प्रभाकर’को संरक्षणमा प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको हो ।


क्याटेगोरी : राजनीति, समाचार





प्रतिक्रिया