Techie IT
  • २८ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमालेको ११औँ महाधिवेशन आजदेखि


एमालेको ११औँ महाधिवेशन आजदेखि

काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ ।

महाधिवेशनको उद्घाटन भक्तपुर सल्लाघारीको खुला चौरमा गर्ने तयारी छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सबै तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सय भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवम् प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode