Techie IT
  • २८ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका मुख्यमन्त्री शाह दिल्ली प्रस्थान


सुदूरपश्चिमका मुख्यमन्त्री शाह दिल्ली प्रस्थान

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गरेका छन्।

हड्डी र नसासम्बन्धी समस्याका कारण हिँडडुल गर्न अप्ठ्यारो भएपछि आज बिहान उनी उपचारका लागि दिल्ली प्रस्थान गरेको हो।

मुख्यमन्त्री शाह स्थलमार्ग भएर दिल्लीतर्फ गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार मुख्यमन्त्री शाहको दायाँ खुट्टाको रीढको हड्डी र नसाको समस्या देखिएको छ।

उनले काठमाडौंको मेडिसिटी र धनगढीको सेती प्रादेशिक अस्पतालमा त्यसको उपचार गराउँदै आएका थिए।

तर समस्या समाधान नभएपछि चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको नयाँदिल्ली गएको जनाइएको छ।

उनको उपचार नयाँदिल्लीको साकेटस्थित म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

उनले मुख्यमन्त्री शाह दिल्लीमा धेरै दिन नबस्ने र उपचार लगत्तै चाँडै फर्कने बताए।

मुख्यमन्त्री शाहले आन्तरिक मामिला तथ कानुनमन्त्री बहादुरसिंह थापालाई कार्यबाहक जिम्मेवारी दिएर आफू उपचारका लागि दिल्लीतर्फ गएको जनाइएको छ।

मुख्यमन्त्री शाहले भारतमा आफ्नो व्यक्तिगत खर्चमा उपचार गराउने सचिवालयले जानकारी दिएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode