Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

भारतमा फेला पर्‍यो अछामका प्रकाशको शव, किड्नी निकालिएको परिवारको दाबी


भारतमा फेला पर्‍यो अछामका प्रकाशको शव, किड्नी निकालिएको परिवारको दाबी

अछाम: अछामको ढकारी गाउँपालिका–२, फाटाबगरका डबले सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्की शव हत्या गरेको अवस्थामा फेला परेको छ।

उनको शव भारतको महाराष्ट्र राज्य, पुणे–हडपसर ससानेनगर क्षेत्रमा फेला परेको हो।

परिवारका अनुसार केही अज्ञात व्यक्तिले प्रकाशलाई अपहरण गरी कुटपिट गरेका थिए।

कुटपिटपछि उनको किड्नी निकालेर हत्या गरी रेलको पटरीमा फालेको अवस्थामा प्रहरीद्वारा शव फेला पारिएको बताइएको छ।

प्रवासी नेपाली सम्पर्क मञ्च, भारत–पुणेको टिमले घटनामा संलग्न जो–कोहीलाई पनि कानुनी कारबाही गर्न भारतीय पक्षसँग समेत जोरदार माग गरेको छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode