Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट देउवाको नाम मात्र सिफारिस


प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट देउवाको नाम मात्र सिफारिस

डडेल्धुरा : नेपाली कांग्रेस डडेलधुराले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ ।

कांग्रेस डडेलधुराको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फकाे उम्मेदवारमा देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव हेमराज चटौतले बताए । सभापति देउवा डडेलधुराबाट आठौं पटक सांसदकाे निर्वाचन लड्ने तयारीमा देखिएका हुन् ।

यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेलधुराबाटै विजयी भइसकेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode