Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

चरेश मुद्दामा फरार बझाङका दुई रोकाया कञ्चनपुर प्रहरीको फन्दामा


चरेश मुद्दामा फरार बझाङका दुई रोकाया कञ्चनपुर प्रहरीको फन्दामा

धनगढी : चरेश मुद्दामा फरार बझाङका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ असार २४ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा प्रति ब्यक्ति १० महिना १६ दिन कैद सजाय र १० हजार जरिवना तोकिएपछि फरार रहेका बझाङको छबिसपाथिभारा गाउँपालिका–२ बस्ने ३८ वर्षीय महेन्द्र रोकाया र ४२ वर्षीय अम्मरबहादुर रोकाया पक्राउ परेका हुन्।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट पक्राउ गरेको जनाएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode