Techie IT
  • २५ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

कालिकामा प्रथम जिवि मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु


कालिकामा प्रथम जिवि मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु

अछाम : बान्निगढी जयगढ गाउँपालिका वडा नम्वर–५, कालिकास्थित थालाकोटमा प्रथम जिवि मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु भएको छ ।

जिवि मेमोरियलका अध्यक्ष सुरज रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकबहादुर साउद रहनुभएके थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले स्वर्गीय गोकर्ण रावलले छोडेर गएका अधुरा काम पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

समग्र बान्निगढीको विकासका लागि रावलले गरेका संकल्प पूरा गर्न गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने स्पष्ट पारेका हुन् । उनले गाउँपालिकाबाट आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सो अवसरमा विशिष्ट अतिथि तथा मंगलसेन नगरपालिकाकी उपप्रमुख सङ्गीता रावल सोडारीले विद्यालय तहका विद्यार्थिका लागि प्रतियोगिता ‘कोसेढुङ्गा’ सावित हुने बताईन् ।

विद्यालय क्रिकेट खेललाई प्रोत्साहन दिएकोमा उनले आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । थालाकोट खेलमैदान अझै पनि आवश्यक भौतिक संरचनाबाट वञ्चित रहेको उल्लेख गर्दै उनले संरचना निर्माणमा सबैको ध्यानाकर्षण गराईन् ।

कार्यक्रममा बान्निगढी जयगढ गाउपालिका वडानम्वर ५ का अध्यक्ष टंक बहादुर साउद लगायतका अतिथि रहनुभएको थियोे भन समाजसेवी दानबहादुर रावलले मन्तव्य राख्दा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा शिक्षकलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रमकै अवसरमा जिल्लाका विभिन्न स्थानीय तहका १२ माध्यमिक विद्यालयका खेलाडीलाई खेल पोशाक हस्तान्तरण गरिएको थियो ।

‎जिवि मेमोरियलका डाक्टर लब रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिरेन्द्र रावलले गरेका थिए ।

प्रतियोगितामा अछामका १० स्थानीय तहअन्तर्गतका १४ माध्यमिक विद्यालयले आफ्नो टिम दर्ता छन् ।

विजेता टोलीले रु. १ लाख, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार र तेस्रो हुने टोलीले रु. १५ हजार प्राप्त गर्नेछ ।


क्याटेगोरी : खेलकुद, पश्चिम खोज, पालिका, राष्ट्रिय, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode