Techie IT
  • २४ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य


सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम शीर्ष र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो । आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले पनि फाइनलमा पुग्ने अर्काे एउटा मौका पाउनेछ । आज हार्ने टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode