Techie IT
  • २४ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन


बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

दशरथचन्द: बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ। यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार प्राविधिकसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए।

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको उनले जानकारी दिए।

पहिलो चरणमा वडा नम्बर ५ को धुलिधार र रडीगाउँ, वडा नम्बर ६ को धुलिधार, कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नम्बर ७ को जित्कीजुँवाड, दाङलगायत क्षेत्रमा प्रारम्भिक अध्ययन गरिएको हो।

‘बोर्डका अधिकारीहरूले सम्भावित स्थानको माटो नमूना परीक्षणका लागि लगेका छन्।

यसको रिपोर्ट आउन दुई हप्ता लाग्छ’, उनले भने, ‘अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो। रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode