जीवी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग आजबाट
अछामः अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीस्थित थालाकोट खेलमैदानमा आजदेखि जीवी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु हुँदै छ ।
पहिलो पटक स्व. गोकर्ण रावलको सम्झनामा आयोजना हुन लागेको यो प्रतियोगिताको आज बिहान ११ बजे बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक जीवी मेमोरियलका सञ्चालक सुरज रावलले जानकारी दिएका छन् ।
प्रतियोगितामा अछामका १० स्थानीय तहअन्तर्गतका १४ माध्यमिक विद्यालयले आफ्नो टिम दर्ता गराएका छन्।
विजेता टोलीले रु. १ लाख, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार र तेस्रो हुने टोलीले रु. १५ हजार प्राप्त गर्नेछ। खेलाडीहरूको खाना–बसोबासको जिम्मेवारी सहभागी टिमकै रहनेछ भने आयोजकले निःशुल्क जर्सी सेट उपलब्ध गराउने जनाएको छ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम





प्रतिक्रिया