Techie IT
  • २४ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

मालाखेतीको ‘गडबडी’ प्रकरण : अछामका इन्स्पेक्टर भण्डारीसहित ८ जनाको लिइयो बयान


मालाखेतीको ‘गडबडी’ प्रकरण : अछामका इन्स्पेक्टर भण्डारीसहित ८ जनाको लिइयो  बयान

धनगढी : कैलालीको मालाखेतीमा कार्यरत रहँदा भएको भनिएको गडबडी प्रकरणमा अहिले अछामको साँफेबगरमा कार्यरत इन्स्पेक्टर दानसिंह भण्डारीसहित ८ जनाबाट बयान लिइएको छ।

भरुवा बन्दुक र वन्यजन्तुका सामग्री बरामद प्रकरण ‘संकास्पद’ बनेपछि प्रदेश प्रहरीले विस्तृत छानबिन अघि बढाएको हो।

वेनामे उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको छ।

समितिले पछिल्ला दिनहरूमा भण्डारीसहित घटनासँग जोडिएका प्रहरी कर्मचारी तथा स्थानीय व्यक्तिहरूलाई क्रमशः उपस्थित गराई बयान लिन थालेको हो।

उजुरीअनुसार, मालाखेतीमा छापा मार्दा भरुवा बन्दुक, वन्यजन्तुको छाला र सिङ्ग बरामद भएको थियो। तर ती सामग्रीपछि पैसा असुलेर गायब पारेको आरोप भण्डारीसहितका प्रहरीमाथि लागेको छ।

त्यतिबेला भण्डारी मालाखेतीमा मुद्धा शाखामा कार्यरत थिए।
प्रकरण सार्वजनिक भएपछि प्रारम्भिक रूपमा मालाखेतीका तत्कालीन डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको थियो।

तर घटनाको संवेदनशीलता बढेपछि प्रदेश प्रहरी आफैंले अनुसन्धान जिम्मा लिएको हो।

स्रोतका अनुसार हालसम्म ८ जनाभन्दा बढीको बयान भइसकेको छ र छानबिन अन्तिम चरणमा पुगेको छ।

दोषी देखिएका प्रहरीमाथि आन्तरिक अनुशासनिक प्रक्रिया र कानुनी कारबाही दुवै अघि बढाइने तयारी छ।

यसबीच इन्स्पेक्टर भण्डारीको अछामस्थित इलाका प्रहरी कार्यालय साँफेबगरमा सरुवा भइसकेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode