रास्वपा अछामका क्षेत्रीय सभापति बटाला प्रहरी नियन्त्रणमा : यस्तो छ कारण
अछाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति भरत चन्द बटालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपा अछामको बिस्तारित बैठक मङ्गलसैँनमा सकिएको केहीबेरमै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार विद्युतिय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालत अछामबाट पक्राउ पुर्जी जारी भएबमोजिम आइतबार बटालालाई पक्राउ गरिएको हो।
रामारोशन गाउँपालिकामा कार्यरत कर्मचारीविरुद्ध सामाजिक सञ्जालमा मनलाग्दी स्टाटस लेखेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।
प्रहरी हिरासतमा रहेका बटालालाई भोलि जिल्ला अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

क्याटेगोरी : राजनीति, समाचार






प्रतिक्रिया