Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरा सदरमुकाम फोहरमै लथालिङ्ग


डडेल्धुरा सदरमुकाम फोहरमै लथालिङ्ग

 

डडेल्धुरा– डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा स्थायी डम्पिङ साइट नहुँदा सदरमुकाम नजिक रहेको अमरगढी पार्कको छेउ पिकनिक स्थलमा फोहर व्यवस्थापन गर्ने गरिएको छ। नगरपालिकाले संकलन गर्ने कुहिने÷नकुहिने सबै प्रकारका फोहर एकै ठाउँमा थुपार्ने र जलाउने गरेका कारण प्रदुषण समेत फैलिने गरेको छ ।

जिल्ला सदरमुकाम समेत रहेकोे नगरपालिकामा बर्षौदेखि फोहर व्यवस्थापनका लागि डम्पिङ साइट बन्न सकेको छैन । स्थानिय तहको जनप्रतीनिधीहरुले अहिले यस तर्फ ध्यान नदिएको मालम गाँउका स्थानिय नर बहादुर तमोलीले बताए। उनले दैनिक आउजाउ गर्ने बाटो छेउबाट डम्पीङ साईट तत्काल हटाउनु पर्ने बताए।

डडेल्धुराको मुख्य ब्यापारिक क्षेत्र बागबजार, तुफानडाँडा, किर्तीपूर, खलंगा क्षेत्रबाट अमरगढी नगरपालिकाले दैनिक फोहर संकलन गर्ने गरेको छ तर, फोहरको उचित ब्यवस्थापनका लागि चुनौती देखिएको छ ।

अहिले बजारक्षेत्रमा फोहर संकलनका लागि नगरपालिकाको गाडी नगरक्षेत्रका नागरिकहरुको घरदैलोमै पुग्ने गरेको छ तर उक्त फोहर बजार नजिकै रहेको मालम गाउँ जाने बाटो छेउमै थुपार्दा उक्तबाटो आउजाउ गर्ने नागरिकहरु दुर्गन्धीत महशुस गरिरहेको मालमका अर्का स्थानिय सुरत तमोलीले बताए।

उनले उक्त क्षेत्रबाट डम्पीङ साईट हटाउन पटक पटक आन्दोनल समेत गरेको बताए। उनले २०८० पुसमा सर्वपक्षिय छलफल भएर तिन महिना पछि डम्पिङ साइटलाई व्यवस्थापन गर्ने निर्णय भएको भएपनि उक्त निर्णय हाल सम्म कार्यान्वयन नभएको बताए।

नगरपालिकाले बर्षौ देखी बिभिन्न क्षेत्रमा अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । तर सम्बन्धीत क्षेत्रका नागरिकहरुको अबरोधका कारण फोहर ब्यवस्थापनमा नगरपालिकाले चुनौती खेप्नु परेको छ।

यस अघि अमरगढी नगरपालिका–७ को कुईयाधारमा फोहर व्यवस्थापन गर्ने गरिएको थियो। त्यहाँको दुर्गन्ध नजिकै रहेका गाउँमा जान थालेपछि स्थानियको बिरोधपछि नगरपालिकाले अन्य क्षेत्रमा फोहर व्यवस्थापनको लागि पहल गरेको थियो। कुनै उपयुक्त ठाउँ नपाएपछि नगरपालिकाले अस्थायी रुपमा मालम जाने सडक छेउमा फोहर राख्दै आएको छ।

अहिले नगरपालिकाले फोहर व्यवस्थापनका लागि अमरगढी नगरपालिका ६ को गुईलेगडामा स्थानियबाट जमिन खरिद गरेर फोहर व्यवस्थापनको तयारीमा लागेको छ। अमरगढी नगरपालिकाका सूचना अधिकारी मिनराज ओझाका अनुसार नगरपालिकाले खरिद गरेको जमिनमा स्थानियको असन्तुष्टि रहेको र तर, निर्माणको प्रकृयामै रहेको बताए।

स्थानियले भने संघर्ष समिति नै बनाएर काम हुन नदिने पक्षमा रहेका छन संघर्ष समितिका संयोजक गंगु डिग्रेडले उक्त क्षेत्र नजिकै बस्ती भएकाले फोहर व्यवस्थापन अन्य क्षेत्रमा गर्न नगरपालिकालाई आग्रह गर्दै आएको बताए। उनले उक्तक्षेत्र फोहर व्यवस्थापनका लागि उपयुक्त नभएको दाबी गरे।

उनका अनुसार उक्त क्षेत्रमा डम्पीङ साईट बन्दै छ भन्ने कुरा स्थानियलाई ढिलो गरी जानकारी गराएको बताए। उनले स्थानियको हस्ताक्षर संकलन गरेर नगरपालिका, डिभिजन बन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बिज्ञप्ति समेत पठाई सकेको बताएका छन्।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिँह भण्डारीले यहाँको फोहर व्यवस्थापनका लागि अमरगढी नगरपालिका –६ मा स्थानियबाट जमिन खरिद गरिसकेको अवस्था रहेको र वातावणीय प्रभाव मूल्यांकन समेत भएको तर त्यसको रिपोर्ट आउन बाँकी रहेको बताए। फोहर व्यवस्थापनकै लागि सरकारी दररेटमै १४ रोपनी जग्गा नगरपालिकाले खरिद गरेको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode