सुनको भाउ आज सामान्य घट्दो, चाँदीको बढ्यो
सुनको भाउ आज सामान्य घटेको छ ।
आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।

सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ
५३३
२०८२ मंसिर २०, ०३ः३६
खबर संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार






प्रतिक्रिया