बैतडीको पुर्चौंडीमा भीरबाट लडेर महिलाको मृत्यु
बैतडीको पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
निधन हुनेमा २७ वर्षीया मञ्जु कामी रहेको प्रहरीले जनाएको छ। शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खस्दा उनको ज्यान गएको बताइएको छ।
उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको बताइएको छ। मञ्जुका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन्।

सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ
५३३
२०८२ मंसिर २०, ०३ः३६
खबर संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्।
क्याटेगोरी : समाचार






प्रतिक्रिया