Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

भारतमा नाइटक्लबमा आगलागी : २३ जनाको ज्यान गयो


भारतमा नाइटक्लबमा आगलागी : २३ जनाको ज्यान गयो

भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा धेरैजसो क्लबका कर्मचारी रहेका छन् । अरू केही पर्यटक पनि छन् । उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा आगलागी भएको हो ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजना नाइटक्लबको भान्छाका कर्मचारी रहेका बताउनुभएको छ ।

आगलागीपछि स्थानिय प्रहरीले अनुसन्धान थालेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode