Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कठ्याङ्ग्रिदो चिसोले खाली भयो तिंकर नाका, सीमा सुरक्षाविहीन


कठ्याङ्ग्रिदो चिसोले खाली भयो तिंकर नाका, सीमा सुरक्षाविहीन

दार्चुला : दार्चुलाको त्रिदेशीय सीमा तिंकर भञ्ज्याङ अत्यधिक चिसोका कारण हाल पूर्ण रूपमा सुरक्षाविहीन बनेको छ।

तिंकरका स्थानीय तल्लो बस्ती झर्दै गएपछि इलाका प्रहरी कार्यालय तिंकर र सशस्त्र प्रहरीको बीओपी दुवै स्थल मंसिरको पहिलो सातादेखि खाली छन्।

सुरक्षाकर्मीहरू व्यास–१ को छाङ्गरुस्थित सीतापुल चौकीमा झरेका छन्।

‘अहिले छाङ्गरुको तापक्रम माइनसमा हुन्छकठ्याङ्ग्रिदो चिसोले खाली भयो तिंकर नाका, सीमा सुरक्षाविहीन। तिंकरमा झन् त्योभन्दा कम हुन्छ,’ सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरुका डीएसपी फणीन्द्रबहादुर शाहीले भने, ‘रातिको समयमा माइनस १५ डिग्री तापक्रम हुने गर्छ, यस्तो ठाउँमा बस्ने हामीसँग बसोबास न संरचना छ, न त सामान नै छ।’

वैशाखमा तिंकर बीओपीमा जाने गरी अहिले छाङ्गरुमा खटिएको छ। यहाबाट हामी तिंकर क्षेत्रमा गस्तीमा जाने उनको भनाइ छ।

तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने तिंकरमा खानेपानी जम्ने, दाउरा नपाइने र बसोबासयोग्य संरचना नहुँदा हिउँदभरि बस्न सम्भव नहुने प्रहरीको भनाइ छ।

यही कारण मंसिरदेखि वैशाखसम्म तिंकर क्षेत्रमा सुरक्षा उपस्थिति हुँदैन, सीमा क्षेत्र ५–७ फुट हिउँले ढाकिने गरेको छ।

हाल सुरक्षाकर्मीहरूले छाङ्गरुबाट कालापानी, दोपखे, राकाङसम्म दैनिक गस्ती गर्छन् तर तिंकरको माथिल्लो क्षेत्र एक दिनमै फर्किने गरी मात्रै गस्ती हुन्छ।

स्थानीयहरूले सीमामा अवैध गतिविधि रोक्न १२ महिना बस्न सक्ने संरचना र आधुनिक पोशाक उपलब्ध गराउन राज्यसँग माग गरेका छन्।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode