Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बेलौरीको मेयर कप फुटबल प्रतियोगितामा कुटिए खेलाडी

कञ्चनपुर : बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ ।

बेलौरी नगर खेलकुद समितिको आयोजनामा यही मङ्सिर १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० का फुटबल खेलाडी करन पालमाथि कुटपिट भएको हो ।

वडा नम्बर १ र १० बिच चलेको सेमिफाइनलको खेल प्रतियोगिताका बिच ‘हेण्ड’ बलको विषयलाई लिएर विवादित बनेपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए।

कुटपिटबाट पालको टाउको, नाक, आँखा, अनुहार र शरीरमा चोट लागेको उनले बताए । पालको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

खेलाडीमाथि सामूहिक रूपमा कुटपिट भएपछि वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता प्रभावित बनेको छ । खेलाडीहरू पालको उपचारका लागि गएपछि केही दिनका लागि खेल स्थगित गरिएको आयोजकले जनाएको छ ।

बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ । बेलौरी नगर खेलकुद समितिको आयोजनामा यही मङ्सिर १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० का फुटबल खेलाडी करन पालमाथि कुटपिट भएको हो ।

वडा नम्बर १ र १० बिच चलेको सेमिफाइनलको खेल प्रतियोगिताका बिच ‘हेण्ड’ बलको विषयलाई लिएर विवादित बनेपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए।

कुटपिटबाट पालको टाउको, नाक, आँखा, अनुहार र शरीरमा चोट लागेको उनले बताए । पालको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

खेलाडीमाथि सामूहिक रूपमा कुटपिट भएपछि वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता प्रभावित बनेको छ । खेलाडीहरू पालको उपचारका लागि गएपछि केही दिनका लागि खेल स्थगित गरिएको आयोजकले जनाएको छ ।

क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode