बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी
धनगढी : बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।
मार्तडीमा रहेको सागर ग्यारेजबाट सल्केको आगो निभाउने प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मध्याह्न सवा १२ बजेतिर आगलागी सुरु भएको थियो र अहिले लगभग आगो नियन्त्रणमा आएको छ ।
जिल्लाभर दमकल नहुँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र प्रहरीले आगो निभाइरहेका छन् । आगलागीको कारण खुलेको छैन ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया