Hikmat Acharya
  • १७ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा छन् एक सय २५ एचआईभी संक्रमित


डडेल्धुरा :  डडेल्धुरामा एचआईभी संक्रमितका लागि उपलब्ध उपचार तथा परामर्श सेवाको दायरा विस्तार हुँदै गएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

अहिले डडेल्धुरा अस्पताल र जोगबुढा अस्पतालमार्फत १ सय २५ संक्रमितले नियमित एआरटी सेवा लिन सकेका छन्।

३८औँ विश्व एड्स दिवस–२०२५ को अवसरमा सोमबार आयोजित कार्यक्रममार्फत जनस्वास्थ्य अधिकृत अमृत विष्टले जिल्लाको एचआईभी अवस्थाबारे विस्तृत तथ्यांक प्रस्तुत गर्दै, संक्रमितहरूलाई निरन्तर निगरानी, उपचार र परामर्श सेवामा कुनै कमी हुन नदिइएको बताए।

उनका अनुसार सेवा लिने मध्ये ६८ महिला, १२ वर्षमुनिका ५ बालिका र ५२ पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा परीक्षणको दायरा विस्तार गरिएको भए पनि अझै सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताइएको छ।

स्थानीय तहअनुसार संक्रमितको संख्या फरक–फरक देखिन्छ। तीमध्ये परशुराम नगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा पहिचान भएको छ, जहाँ ३८ जना संक्रमित छन्।

अमरगढीमा १५, आलितालमा १२, नवदुर्गामा ११, गन्यापधुरा र भागेश्वरमा ८र८ र अजयमेरु गाउँपालिकामा ७ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode