कुलोमा र्याल चुहाउने जनप्रतिनिधि अख्तियाको फन्दामा
कालिकोट: कालिकोटको नरहरिनाथ गाउँपालिकाकी पूर्वउपाध्यक्ष मनसोभा बुढा भ्रष्टाचारमा तानिएकी छन् ।
सिँचाईका लागि बनाइएको कुलोमा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित आठ जनाविरुद्ध मुद्दा चलाएको छ ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सब इन्जिनियर अमर शाही र अनिलकुमार विष्ट, वडा नम्बर ७, का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मा, उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्मा पनि भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७–०७९ मा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नरहरिनाथ–७, स्थित ओगडेनी ओडिखोला सिँचाई कुलो निर्माणका निम्ति ४२ लाख ८४ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो ।
उनीहरुको मिलीभगतमा वास्तविकभन्दा बढी काम देखाई झुट्टा नापी किताब र कार्यसम्पन्न प्रतिवेदनका आधारमा उपभोक्ता समितिलाई धेरै भुक्तानी दिइएको अख्तियारको ठहर छ ।
अख्तियारले १९ लाख ४८ हजार ४८८ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया