सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी फेरि हार्यो
धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ। जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो। टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो।
सुदूरपश्चिमको जितका लागि ओपनर बिनोद भण्डारीको ब्याटिङ निर्णायक बन्यो। उनले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजीत ६९ रन जोडे। उनी नै यस इनिङमा सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।
उनको नाममा सिजनको १२ औं अर्धशतक दर्ज भएको छ। सुदूरपश्चिका ओपनर जोश ब्राउन ब्याटिङका चलेन। उनी ९ रन बनाएर दोस्रो ओभरको दोस्रो बलमा आउट भए।
चौथो ओभरको पाँचौँ बलमा लुम्बिनीले सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा क्रिस लिनलाई आउट गर्यो। क्रिसले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे। उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए।
लुम्बिनीले तेस्रो विकेट लिन निकै संघर्ष गर्यो। दोस्रो विकेट झरेपछि १३ ओभरको संघर्षपछि सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई आउट गर्यो।
आरिफले ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे। तेस्रो विकेटको साझेदारी लुम्बिनीका लागि महँगो साबित भयो। यस विकेटका लागि सुदूरपश्चिमका विनोद र आरिफले ९९ रनको साझेदारी गरे।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया