Hikmat Acharya
  • १२ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु


कैलाली– कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

चुरे गाउँपालिका–६ बुङगा बस्ने ३६ वर्षकी निर्मला देवी थापाको बुधवार रुखबाट लडेर मृत्यु भएको हो।

थापा घर नजिकै जंगलमा स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएकी थिइन्।

उनलाई उपचारको लागि अत्तरिया अस्पताल अत्तरिया लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode