Hikmat Acharya
  • १० मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सीडीओ थानीले जब उपमेयरलाई मेरो भिडियोमा लाईक, कमेन्ट र सस्क्राईब गर्नु भने…


रूकुम पश्चिम : रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश प्रसाद थानी र यहाँका दुई नगरपालिकाका उपप्रमुखबीच सोमबारको विपद् व्यवस्थापन समितिको बैठकै तातेको छ।

तीन महिना अघि मात्र सिडियो बनेर रूकुम पश्चिम पुगेका थानीको कार्यशैलीबारे गुनासो बढिरहेका बेला उपप्रमुखहरूले बैठकमै खुलेर प्रश्न उठाएका हुन्।

चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्मा विएमले जनताको समस्या सुनाउन प्रमुख जिल्ला अधिकारीको अफिसियल नम्बरमा पटकपटक फोन गर्दा नउठ्ने, प्रतिक्रिया नआउने गुनासो पोखिन्।

उनले बैठकमै प्रश्न गरिन्, “हाम्रो फोन नउठाउनुको कारण के हो रु यस्तो गैरजिम्मेवार बन्न मिल्छ ?” यसैगरी आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले पनि सीडीओ थानीलाई कार्यशैली सुधार्न कडाईका साथ सचेत गरिन्।

फोन नउठेपछि बाध्य भएर प्रशासन कार्यालयमै आइपुग्नुपरेको बताउँदै उनले कटुप्रतिक्रिया व्यक्त गरिन्।

“हामी महिला भएर हेला गरेको हो कि सदरमुकामभन्दा टाढाका भएर बेवास्ता गरेको हो ?” उपप्रमुख शाहीले सिडियो सेवा प्रवाहभन्दा गीत–संगीत तथा भिडियो निर्माणमा बढी व्यस्त रहेको आरोप समेत लगाइन्।

तर उपप्रमुखहरूको आक्रोशपछि पनि सीडीओ थानीले गम्भीर प्रतिक्रिया दिनुभन्दा उल्टै आफ्नै भिडियो हेरेको सुनेर हाँस्दै भने, “मेरो भिडियो हेर्नुहुँदो रहेछ, लाइक, सब्सक्राइब, कमेन्ट पनि गर्नु।”

उनीहरूको गुनासोलाई हल्का रूपमा लिएको यो टिप्पणीपछि शाही झन् आक्रोशित बनिन्।

उनले भनिन्, “अन्यथा सोचेर फोन गरेको होइन, प्रमुख जिल्ला अधिकारीलाई गरेको हो। काममा हुँदा उठाउन नसके कल ब्याक गर्न मिल्छ, नहुने बानी सुधार्नुहोस्।”

बैठकमा उपस्थित कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरूले समेत उपप्रमुखहरूले उठाएको प्रश्न जायज रहेको भन्दै समर्थन जनाएका छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode