Hikmat Acharya
  • ९ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

एनपीएलमा विराटनगरको लगातार तेस्रो जित


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनाएको हो।

यो विराटनगरको तीन खेलमा लगातार तेस्रो जित हो। विराटनगरले यसअघि काठमाडौं गुर्खाज र पोखरा एजेन्जर्सलाई पराजित गरेको थियो।

साबिक विजेता जनकपुरले दोस्रो खेलसम्म आइपुग्दा जित हात पार्न सकेको छैन। यसअघि यो टिमले काठमाडौंसँग हारेको थियो।

विराटनगरको जितका लागि कप्तान सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए। उनले ओपनर लाहिरु मिलन्था र कप्तान अनिल शाह महत्त्वपूर्ण विकेटसमेत लिए।

सूर्य तामाङ ओपनर आशिफ शेख र सञ्जय कृष्णमूर्ति महत्त्वपूर्ण विकेट लिए। मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेले समान एक-एक विकेट लिए।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode